शान्तिनगर,
५ चैत । कोरोना भाइरसको सतर्कताका लागी शान्तिनगर गाउँपालिकाले भोली बिहीवारदेखि शान्तिनगरको वडा नं. ३ को पातेटाकुरामा तुलसीपुरबाट शान्तिनगरमा भित्रने सर्बसाधारणका लागि कोरोना भाइरस चेकजाँच गर्न हेल्थ डेस्क संचालन गर्ने भएको छ ।
कोरोना भाइरस चेक जाँचका लागि पातेटाकुरामा हेल्थ डेस्क राख्न लागिएको शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिँह डाँगीले जानकारी दिएका छन् ।