२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

सिमा सुरक्षाका लागि खाङ्ग्रा नाकामा सशस्त्र प्रहरी

राजपुर, ५ चैत । राजपुर गाउँपालिकाको वडा नम्बर ६ खाङ्ग्रा नाकामा आज बुधबार एक कार्यक्रमको बीचमा शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको उद्घाटन भएको छ ।

जिल्ला प्रमुख अधिकारी गोविन्द रिजालको अध्यक्षतामा सो पोष्टको उद्घाटन गरिएको हो । सो अवसरमा राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले गाउँपालिकाद्वारा आवस्यक सहयोग निरन्तर गरिरहने बताउनुभएको छ । राजपुर गाउँपालिकामा हिजोको दिनमा त्यहाँका नागरिकले भोगेका समस्यालाई अब विशेष राहत मिल्ने समेत उहाँले बताउनुभएको थियो ।