दाङ,
६ फागुन । माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएपछि विद्यार्थीहरू घर फर्कन थालेका छन् । परीक्षाको केन्द्र परेका नजिकमा डेरा गरेर परिक्षा दिन आएका विभिन्न विकट तथा दुर्गम क्षेत्रका विद्यार्थीहरू आज विहानै घर फर्कन थालेका हुन।
विश्वभर महामारीका रूपमा फैलिएको कारोना भाइरसका कारण नेपाल सरकारले एक्कासी हिजो बेलुका अर्को सुचना नआउँदा सम्मका लागि एसईई परीक्षा स्थगित गर्ने निर्णयका कारण विद्यार्थीहरु परीक्षा नदिएर विद्यार्थी घर फर्किन थालेका हुन । टाढा देखि डेराका लागि सवै सामान र परीक्षाको तयारी गरेका विद्यार्थीहरू नेपाल सरकारको परीक्षाको पुर्वसन्ध्याको निर्णयले मारमा परेका छन् ।
पश्चिमदाङका विकट ठाउँबाट एसईई परीक्षामा सहभागी हुन डेरा गर्न आएका बबई ७ मलई र बबई १ गंगटे लयायत विभिन्न ठाउँका विद्यार्थी विहानै देखि पैदल यात्रा गरेर घर फर्कन थालेका छन्।