२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

नेपालगन्जको जमुनाहा नाकाबाट सवारी साधन प्रवेशमा रोक

नेपालगन्ज,
६ चैत ।
कोरोना भाइरस संक्रमण फैलिन नदिन नेपालगन्ज जमुनाह नाकामा सवारी साधन सञ्चालनमा बुधबारदेखि पूर्ण रुपमा रोक लगाइएको छ ।

नेपाल र भारतर्फका सुरक्षार्कीहरुले दुवै देशमा प्रवेश गर्ने ठूला सवारी साधनदेखि साईकलसम्म सञ्चालनमा रोक लगाएका छन् । नेपालतर्फ चौलिक्का चोकसम्म मात्र सवारी साधन सन्चालन गर्न दिइएको छ । सवारीसाधन सचालनमा रोक लगाए पनि आवात जावत भने यथावत छ । भारतबाट घर फर्किने नेपालीको संख्या उल्लेखिय मात्रामा रहेको छ । नेपालगन्जका उद्योगमा आउने कामदारदेखि अन्य नागरिकहरु सीमामै रोकिएका छन् ।

भारतमा फैलिएको कोरोना भाइरस नेपालमा भित्रिन सक्ने आशंकामा जमुनाह नाका बन्द गर्नुपर्ने आवाज उठ्दै आएको थियो । मंगलबार नेपालगन्जमा बसेको नेपाल र भारतका सुरक्षा अधिकारीको बैठकलेसवारी आवागमनमा रोक लगाउने निर्णय गरेको थियो । बुधबार बिहानैदेखि टेन्ट लगाएर स्वास्थ्यकर्मीहरुले नाकामा प्रवेश गर्ने हरेक नागरिकको अनिवार्य स्वास्थ्य परीक्षण गरिरहेका छन् ।