२०७७ कार्तिक ४ गते मङ्गलवार
२०७७ कार्तिक ४ गते मङ्गलवार

प्रदेशको ५ को नाम ‘थरुहट–अवध–मगरात’ राख्न माग

बुटवल,
६ चैत ।
समाजवादी पार्टीले प्रदेश ५ को नाम ‘थरुहट–अवध–मगरात’ राख्न माग गरेको छ । पार्टीले बुधबार पत्रकार सम्मेलन गरी प्रदेश ५ थारु, मधेशी र मगरहरुको वाहुल्य भएको प्रदेश भएकाले सबैलाई अपनत्व र पहिचान हुने गरी ‘थरुहट–अवध–मगरात’ राख्न माग गरेको हो ।

प्रदेश ५ को कूल जनसंख्या मध्ये थारु, मधेशी र मगरको जनसंख्या ८० प्रतिशतभन्दा बढी रहेकाले उनीहरुको पहिचान र अपनत्वका लागि ‘थरुहट–अवध–मगरात’ राख्न उपयुक्त हुने पार्टीका प्रदेश अध्यक्ष अशोककुमार यादवले बताए ।

पार्टीले प्रदेशको स्थायी राजधानी प्रदेशका सबै जिल्लाका नागरिकलाई पायक पर्ने स्थानमा राख्न माग गरेको छ । सबै जिल्लाका नागरिकलाई पायक पर्ने स्थान कहाँ भन्ने बारे भने पार्टीले स्पष्ट पारेको छैन ।

पार्टीले प्रदेशको नामाकरण र स्थायी राजधानीसम्बन्धमा मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र समेत बुझाएको खबर अनलाईन खबरमा प्रकाशित छ ।