२०७९ फाल्गुन ३० गते मङ्गलवार
२०७९ फाल्गुन ३० गते मङ्गलवार

कपिलवस्तुमा २ जनामा कोरोनाको आंशका

कपिलवस्तु,
६ चैत ।
भारतीय भुमि हुदैँ सिमा क्षेत्र कपिलवस्तुको मर्यादपुरबाट नेपाल प्रवेश गरेका दुई जनामा उच्च ज्वरो सहित कोरोनाका लक्षण देखिएपछि क्वारेन्टाईन पठाउने तयारी भएको छ । नेपाल प्रवेश गर्दै गरेका उनीहरुलाई कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिई जिल्ला अस्पताल तौलिहवामा बुझाएको छ ।

अहिले अस्पतालमा उनीहरुको स्वास्थ्य चेकजाचँ भैरहेको छ । ज्वरो उच्च देखिएकोले उनीहरुलाई जिल्ला अस्पताल तौलिहवाले निमार्ण गरेको महेन्द्र आधारभुत प्रावि तौलिहवाको क्वारेन्टाईनमा पठाउने तयारी भैरहेको छ । क्वारेन्टाईनमा चौध दिन राखेपछि मात्रै उनीहरुलाई आफनो घर जान दिईने कपिलवस्तु प्रहरी उपरिक्षक दिपशम्सेर जवाराले बताए।

दुई जना मध्ये एक जना बेलायतबाट भारत हुदैँ नेपाल फर्किएका हुन भने, अर्का पंन्जावबाट नेपाल फर्किएका हुन् । दुबैमा कोरोनाको लक्षण देखिएकाले क्वारेन्टाईनमा राखेर उपचार गर्ने व्यवस्था मिलाईएको प्रहरीको भनाई छ । कोरोना हो होईन भन्ने बारे पुष्ठि हुन भने ल्याव परिक्षणका लागी पठाउने तयारी भैरहेको खबर प्रेसपाटीले प्रकाशन गरेको छ ।