दाङ,
६ चैत । दाङका निजि शैक्षिक संस्थाहरु अनिश्चितकालका लागि बन्द गरिएको छ । कोरोना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रण उच्च स्तरीय सवन्वय समितिको बैठकले बुधबार गरेको निर्णय अनुसार देशैभरका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार दाङमा पनि सम्पूर्ण हिसान, प्याब्सन तथा एनप्याब्सनमा आवद्ध सम्पूर्ण शैक्षिक संस्थाहरु यहीँ चैत ७ गतेदेखि अर्को सूचना जारी नगर्दासम्मका लागि पठनपाठन स्थगित गर्ने निणर्य गरिएको एक विज्ञप्ति निकालेर जानकारी दिइएको छ ।
कोरोना भाइरस संक्रमणका कारण विश्व नै आक्रान्त भैरहेको बेला नेपालमा पनिसंक्रमण फैलिन सक्ने भन्दै यस्तो निर्णय गरिएको जनाइएको छ ।
विज्ञप्ति :