२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

डाँगी हत्याका आरोपीलाई कारबाही गर्न माग

तुलसीपुर,
६ चैत ।
गत सोमबार तुलसीपुर उपमहानगरपालिका ५ रतननाथ टोल निवासी हिरा डाँगीको खुकुरी प्रहारबाट निधन भएको प्रति सांगठित युवा क्लब तुलसीपुरले दुःख व्यक्त गरेको छ ।

क्लबका अध्यक्ष अमृत बुढामगरद्धारा हस्ताक्षर गरी आज बिहीबार जारी गरिएको विज्ञप्तिमा उक्त घटनालाई निष्पक्ष छानबिनको माग गर्दै डाँगी हत्यामा संलग्न दोषीलाई कडा भन्दा कडा कारबाही गर्न पनि माग गरिएको छ ।

डाँगी तुलसीपुर उपमहानगरपालिका वडा नंं ६ का केहि व्यक्तिहरुको समुहले आईतबार राति खुकुरी प्रहार गर्दा उनी घाईते भएका थिए, र मंगलबार उनको उपचारका क्रममा काठमाडौंमा निधन भएको थियो ।

विज्ञप्ति :