२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

लमहीमा हेल्थ डेस्क र आइसोलेशन कक्ष स्थापना गरिने

लमही,
६ चैत ।
लमही नगरपालिकाको नगर विपद् व्यवस्थापन समितिले कोरोना संक्रमणबाट जोगिन सतर्कताका विभिन्न काम गर्ने निर्णय गरेको छ । कार्यबाहक नगर प्रमुख देबका बेल्वासेको अध्यक्षतामा आज बिहिबार बसेको लमही नगरपालिका नगर विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले नोभेल कोरोना सम्बन्धी जनचेतनामुलक कार्यक्रम गर्ने, लमही नगरपालिका वडा नं. १ को नर्ती, वडा नंं. ५ को लमही बसपार्क र वडा नंं. ९ को अमिलियामा हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरेको छ ।

बैठकले लमही नगरपालिका–३ को बनगाउँ मावि र देउखुरी बहुमुखी क्याम्पसमा आइसोलेशन कक्ष स्थापना गर्ने, हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मीहरुको लागि व्यक्तिगत सुरक्षा किट तथा सामाग्रीको व्यवस्थापन गर्ने, कोरोना भाइरस सम्बन्धी सावधानी अपनाउन संघ संस्था, औद्योगिक क्षेत्रलगायतलाई पत्राचार गर्ने र बजार अनुगमन समितिलाई दैनिक बजार अनुगमन गर्ने निर्देशन दिने निर्णय पनि गरेको छ ।