२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

राप्तीको १३औं बैठकमा १५ नयाँ निर्णय

तिर्थराज ज्ञवाली,
मसुरीया ६ चैत्र ।
राप्ती गाउँपालिका गाउँकार्यपालिकाको १३औं बैठकले १५ विषयमा नयाँ निर्णय लिएको छ ।

गाउँकार्यपालिकाका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा बसेको बैठकबाट कोरोना भाईरसको संक्रमणप्रति सजगता, रोकथाम तथा नियन्त्रणका लागि कार्य सुरुवात गर्दै विभिन्न योजनाहरुको नाम र रकममा स्थानिय नागरिकको चाहना अनुसार कार्य गर्ने निर्णय गरेको छ ।

बैठकले कोरोना भाईरसको संक्रमणप्रति सजगता, रोकथाम तथा नियन्त्रण प्रयासहरु को वारेमा जानकारी गराउँदै सर्बसाधारणलाई नडराई सजगता अपनाउन समेत सबैमा आग्रह गरेको राप्ती गाउँपालिका गाउँकार्यपालिका प्रबक्ता विद्याशरण चौधरी जानकारी दिनु्भएको छ । बैठकले नमूना आँपखोली ट्याङ्की निर्माण कार्यको रकम, पशु सेवा शाखाबाट प्राप्त बजेटको शिर्षक रकम, ४ नं वडाको बजेट स्रोतान्तर र योजना परिवर्तन, ६ नं वडाको बगरापुर सगरापुर नाली, ९ नं वडाबाट प्राप्त बाटो, २ नं वडाको बराखुट्टी देखि आदर्श माविको बाटो, ५ नं वडाबाट प्राप्त रकम, प्रगन्ना तथा बडकापथ सिँचाई आयोजनाको सिफारिस, मुक्त कमैया उत्थान कार्यक्रमको रकम लगायतका विषयमा निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाले जानकारी दिनुभएको छ ।

पछिल्लो समयमा छिटैहुने गाउँसभामा लैजाने गररु कार्यपालिका बैठकमा सर्वहीत बचत तथा सहकारी संस्थाका सम्बन्धमा, ४ नं वडा अन्तरगत दोलेखोला पक्की पूल निर्माणको डिपिआर, करन्दी सामूदायिक भवनको निमार्ण सहयोग, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम माग गरेका विद्यालयहरुको सिफारिसका विषयमा समेत निर्णय गरिएको छ ।