२०७८ कार्तिक ३ गते बुधवार
२०७८ कार्तिक ३ गते बुधवार

राप्ती लाइफ केयरमा हेल्थ डेस्क स्थापना

तुलसीपुर,
७ चैत ।
विश्वमै महामारीको रुप लिएको कोरोनाको सतर्कताकालागि दाङको तुलसीपुर स्थित राप्ती लाईफ केयर हस्पिटलमा हेल्थ डेस्क स्थापना गरिएको छ ।

अस्पतालमा विहीबारदेखि हेल्थ डेस्क स्थापना गरेर सचेतना प्रदान गर्न थालिएको हस्पिटलका निर्देशक जीवन भण्डारीले बताए । उनका अनुसार हस्पिटलमा आउने विरामी तथा विरामीसंगै आउने आफन्तहरुलाई चेकजाँच गर्न उक्त हेल्थ डेस्क स्थापना गरिएको हो । ‘हामीले विरामीहरु र उनीहरुसंग आउने आफन्तहरुलाई मध्यनजर गरी हेल्थ डेस्क स्थापना गरेका छौं’ उनले भने ‘उक्त हेल्थ डेस्कमा विरामीको ज्वरो मापण गरिनेछ, यदि संकास्पद देखिएमा सजकता अपनाउन पनि यसले मद्दत पुग्ने छ, भने सचेतना पनि प्रदान हुनेछ ।’

अहिले हेल्थ डेस्कमा स्क्रीनिङ गर्ने कार्य मात्रै भईरहेको बताए । नाका क्षेत्रमा सरकारले हेल्थ डेस्क स्थापना गरेको भएपनि बजार क्षेत्रमा स्थापना नगरेको भन्दै बजार क्षेत्रलाई लक्षित गरि हेल्थ डेस्क स्थापना गरेको समेत उनले बताए । त्यसकालागि दुईजना कर्मचारीको समेत ब्यबस्था गरेको उनको भनाई छ । हस्पिटलले कोरोना संक्रमण न्यूनिकरण गर्न पाँच बेडको आईसोलेशन वार्ड समेत तयार गरेको छ । अस्पतालले क्वारेन्टाईनकालागि मोतिपुर स्थित भवनलाई प्रयोग गर्ने समेत बताएको छ ।