२०७८ असोज १ गते शुक्रवार
२०७८ असोज १ गते शुक्रवार

लागुऔषधसहित सल्यानमा दुई युवती पक्राउ

सल्यान,
७ चैत ।
सल्यानमा लागुऔषध सहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्जबाट रुकुम तर्फ गईरहेको फोर्स गाडीबाट लागुऔषध सहित उनीहरुलाई सल्यान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ की रुपा वली र सानोभेरी गाउपालिका ३ की ओकमाया पुन रहेका छन् । यात्रुसँग २ मिनेट अभियान संचालन गरेको सल्यान प्रहरीले अभियानकै क्रममा शंका लागे पछि चेक जाँच गर्दा निजहरुसँग लागुऔषधको रुपमा प्रयोग हुने केही ट्याब्लेट्स र गाँजा फोला परेको जानकारी दिएको छ ।

रुपा वलीको शरिरबाट नाईट्राजेपामको ३० वटा ट्याब्लेट र ओकमाया पुनको शरिरबाट नाईट्राजेपामको ६० वटा ट्याब्लेट, ३ ग्राम गाँजा र लागूऔषध सेवन गर्न बनाईएको प्लाष्टिकको डिब्बा एक थान बरामद गरिएको प्रहरीले जनाएको छ । उनिहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अदालतबाट १५ दिनको म्याद थपी अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।