२०७७ असोज १४ गते बुधवार
२०७७ असोज १४ गते बुधवार

कम्युनिष्टका कारण गणतन्त्र बदमान : सांसद गिरी

तुलसीपुर,
७ चैत्र ।
लोकतान्त्रिक नायक स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०औं स्मृति दिवसको अवसरमा जिपी फाउन्डेसन तुलसीपुर नगर समितिले कार्यक्रम गरेको छ । फाउन्डेसनका नगर संयोजक डिल्लीबहादुर डाँगीको अध्यक्षता र फाउन्डेसनका सल्लाहकार तथा प्रदेश ५ का सांसद शंकर गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद गिरीले गिरिजाप्रसाद कोइरालाको दुर्दसिता र आँटले गर्दा नेपालमा गणतन्त्र आएको बताए । तर अहिले गणतन्त्र कम्युनिष्टहरुका कारण बद्नाम हुन लागेको भन्दै उनले चिन्ता जाहेर गरे । सांसद गिरीले कोइरालाको सहमति, सहकार्य र एकताको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक रहेको चर्चा गरे ।

नेपाली काँग्रेसका पुर्ब सभापति तथा पुर्ब प्रधानमन्त्री कोईरालाको स्मृतिमा आयोजित कार्यक्रमलाई फाउन्डेसनका प्रदेश सदस्य तथा कार्यक्रमका विशिष्ट अतिथि केशबराज आचार्यले समग्र बिकास र परिबर्तन संस्थागत गर्न गिरिजाप्रसाद कोइरालाको शिद्धान्त अबलम्बन गर्नु नै बुद्धिमता हिने धारणा राखे । कार्यक्रममा फाउन्डेसनका जिल्ला कोषाध्यक्ष देबेन्द्र रिजाल, तरुण दल दाङका अध्यक्ष टीका घर्ती, महाधिवेशन प्रतिनिधिहरु चेतबहादुर सेर्पाइली, फल्कुदत्त भण्डारी, फाउन्डेसनका दंगिशरण गाउँपालिका संयोजक शम्भु गिरी, शान्तिनगर संयोजक नरेश डाँगी, तुलसीपुर नगर उप–संयोजक मुक्तिप्रसाद न्यौपाने लगायतले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको योगदानको चर्चा गरेका थिए ।

फाउन्डेसनका दंगिशरण सचिब बिश्वमणि देबकोताको स्वागत मन्तब्यबात सुरु भएको कार्यक्रमको सहजिकरण फाउन्डेसनका तुलसीपुर नगर सचिब निमबहादुर केसीले गरेका हुन ।