२०७७ असोज १५ गते बिहिवार
२०७७ असोज १५ गते बिहिवार

भारतबाट दाङ आएका एक व्यक्तिमा कोरोनाको उच्च आशंका

घोराही,
७ चैत ।
भारतबाट दाङ आएका एक किशोरमा कोरोना भाइरसको आशंका गरिएको छ । शुक्रवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुगेका घोराही निवासी १७ बर्षीय किशोरमा कोरानाको उच्च आशंका गरिएको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ ।

उनी निजी हस्पिटलमा उपचार संभव नभएपछि प्रतिष्ठानमा रिफर गरिएका विरामी भएको पनि प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ । ती किशोरलाई विगत १८ दिनदेखि ज्वरो आइरहेको भएपनि उनी हालसालै मात्रै भारतवाट घोराहीस्थित घरमा आएको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ ।

एक चिकित्कसले ती किशोरमा कोरोनाको आशंका गर्न मिल्ने उच्च ज्वरो, कफ, डाइरिया लगाएका समस्या रहेको जानकारी दिएका छन् । उनलाई प्रतिष्ठानको आइसोलेसनमा राखेर उपचार भइरहेको प्रतिष्ठानले जानकारी दिइएको छ ।

प्रतिष्ठान स्रोतका अनुसार विरामीको स्याम्पल लिन समेत चुनौती छ । अर्कौ तर्फ विरामीको स्याम्पल लिएपछि त्यो बोक्न आवश्यक पर्ने भाईरल ट्रान्सफर क्यारियर (भिपी क्यारियर) पनि प्रतिष्ठानमा छैन । त्यो स्पेशल क्यारियर विना विरामीको स्याम्पल पठाउन संभव हुँदैन । जोखिम मोलेर चिकित्सले विरामीको स्याम्पल लिएपनि त्यो पठाउने क्यारियर नभएको हुँदा स्याम्पल तुरुन्तै पठाउन सक्ने अवस्था नरहेको प्रतिष्ठान प्रशासन स्रोतले जानकारी दिएको छ ।

ती आशंका गरिएका विरामीलाई आइसोलेसन वार्डमा राखेर उपचार गरिरहेको प्रतिष्ठानले जानकारी दिएको छ ।