काठमाडौं,
७ चैत । नेपाल प्रेस युनियनको सचिवालय बैठकले यहीँ चैत २१ र २२ गते हुने भनेको नवौं महाधिवेशन स्थगित गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरसका कारण सरकारले गरेको निर्णय, डब्लुएचओले गराएको सचेतनालाइ मध्यनजर गरेर महाधिवेशन स्थगित गर्ने निर्णय गरेको प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिए ।
उनले भने,–‘अर्को मिति तय गरिएको छैन, कोरोनाको त्रास साम्य भएपछि बस्ने सचिवालय बैठकले महाधिवेशनको नयाँ मिति तय गर्छ ।’