शान्तिनगर,
७ चैत्र । शान्तिनगर गाउँपालिकाले शान्तिनगरका तीन स्थानमा कोरोना भाइरसका लागि ज्वरो जांचका लागि आज देखि हेल्थ डेस्क स्थापना गरेको छ।
शान्तिनगर स्वास्थ्य संयोजक हरि पुनका अनुसार गाउँपालिकाको वडा नम्बर ३ को पातेटाकुरार १ को खिलतपुर र ७ नम्बर वडाको खैरेनिमा कोरोना जांचको ब्यवस्था मिलाइएको छ । तुलसिपुरबाट शान्तिनगर भित्रने सर्बसाधारण ब्यक्तिहरुलाइ हेल्थ डेस्कमा खटिने स्वास्थ्य कर्मिहरुले चेकजाँच गर्नेछन् प्रत्येक हेल्थ डेस्कमा दुर्इजना स्वास्थ्यकर्मी र सुरक्षाकर्मिको टोलि रहेको बताइएको छ।
कोरोना भाइरस बिश्वब्यापी समस्याको रुपमा देखिएको भन्दै गाउँपालिकाले सबै नागरिकलाई सचेत रहन समेत आग्रह गरेको छ।