२०८१ माघ २५ गते शुक्रवार
२०८१ माघ २५ गते शुक्रवार

तीन दिनपछि स्कुले बालकको शव फेला

बाँके,
७ चैत ।
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. ५ चिलहिरीयाम बिनौनाका ८ बर्षिय स्कुले बालकको शव फेला परेको छ ।

गत चैत ५ गते विद्यालयको पोशाकमै साईकलसहित हराएका अरबिन चौधरीको शव मृत अवस्थामा घर नजिकैको नालाको डिलमा फेला परेको स्थानीय सञ्चारकर्मी समेत रहेका हेमन्त चौधरीले जानकारी दिए । मृतक अरबिनको कम्मरभन्दा माथिको कपडा नभएको, कानबाट रगत बगेको र घाँटीमा नीलडाम भएको अवस्थामा आज शुक्रबार विहान १० बजे शब फेला परेको जनाईएको छ ।

तीन दिन अघि हराएका उनको खोजि कार्य भैरहेको थियो । मृत भेटिएका बालक नवज्योती बोर्डिङ स्कुल चिलहिरीयामा अध्ययन गरिरहेका थिए भने उनी घरको एक्ला सन्तान थिए । घटनाको अनुसन्धानकालागि अहिले घटनास्थलमा ईलाका प्रहरी कार्यालयबाट प्रहरी परिचालन गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज प्रहरी नायव उपरिक्षक कुलदिप चन्दले बताए ।