२०७७ कार्तिक १२ गते बुधवार
२०७७ कार्तिक १२ गते बुधवार

मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुँदा २ जनाको मृत्यु

धनगढी,
७ चैत ।
कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा गम्भिर घाईते भएका दुवै जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिकाको गोदावरी हनुमान मन्दिर नजिक से ३ प ३३६५ नम्वरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुँदा घाईते भएका दुवै जनाएको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका ७ का २६ बर्षीय श्याम कुमार कुँवर र एक जनाको नाम भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेले बताए ।

गम्भिर घाईते भएका दुबैलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको जनाइएको छ ।