बबई,
८ चैत । प्रहरीले विवाह मण्डपबाट बेहुला, बेहुली र पुजारीसहित ४ जनालाई पक्राउ गरेको छ ।
पश्चिम दाङको बबई गाउँपालिका–६ चिसापानी स्थित कालिका मन्दीरमा बाल विवाह भइरहेको छ भन्ने सूचनाका आधारमा गएको प्रहरीले बेहुला तुलसीपुर–१३ ढकना निबासी ३० बर्षका घनश्याम बस्नेत, १५ बर्षकी बेहुली, केटी फकाउने शान्तिनगर–७ बुराडाबर निबासी २६ बर्षकी माया भण्डारी र पुजारी बबई गाउँपालिका–६ पञ्चकुले निबासी ४९ बर्षका गणेश कुमार पौडेललाई पक्राउ गरेको हो ।
पक्राउ परेका चारै जनालाई ईलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको प्रवक्ता तथा प्रहरी निरीक्षक चक्रडम्बर पालले जानकारी दिए । उनिहरुलाई शुक्रबार दिउँसो करिब ४ बजे पक्राउ गएिको हो । २० बर्ष नपुगी गरिने विवाहलाई कानुनले बर्जित गरेको छ ।