घोराही,
८ चैत । दाङ प्रहरीले घोराहीबाट ९ जना जुवाडेलाई पक्राउ गरेको छ ।
घोराही बसपार्क स्थित बुढाथोकी होटेलमा जुवा खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ ।
प्रहरीले जुवाडेको साथबाट २ लाख ९० हजार रूपैयाँ र तास बरामद गरेको छ । जुवाडेलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले पक्राउ गरेको हो ।