हापुरे,
८ चैत । बबई चेम्वर अफ कमर्सले आज हापुरे वजार सरसफाई गरेको छ।
‘हाम्रो बबई राम्रो बबई, सरसफाई अभियानमा लागौ सबै’ भन्ने मुल नाराका साथ हापुरे बजार सरसफाई गरिएको हो । हापुरे बजारको माथिल्लो बजारबाट सुरु भएको सरसफाई कार्यक्रम विच वजार, तल्लो बजार हुँदै सबै बजार सरसफाई गरिएको बबई चेम्वर अफ कर्मसका अध्यक्ष युवराज कँडेलले जानकारी दिनुभयो ।
बजार क्षेत्रमा भएका फोहर पनि उठाईएको छ । हापुरेमा बबई चेम्वर अफ कमर्स गठन भएसंगै विविध सामाजिक काम गर्दै आएको छ । सरसफाई कार्यक्रममा उद्योगी, व्यवसायी तथा विभिन्न टोलबासीहरुको उपस्थिति रहेको थियो ।