२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

दैनिक उपभोग्य समानको अभाव हुन नदिन आग्रह

शरद रेग्मी,
तुलसीपुर ८ चैत ।
तुलसीपुर उद्योग वाणिज्य संघले बजारमा दैनिक उपभोग्य सामाग्रिहरुको अभाव हुन नदिन आम व्यवसायीहरुलाइ आग्रह गरेको छ ।

विश्वभरीनै महामारीका रुपमा फैलिएको कोभिड—१९ को संक्रमणको समयमा बजारमा कालोबजारी समेतको संभावना रहेकाले कुनैपनि व्यापारीहरुले सामान लुकाएर कृतिम अभाव नगरीदिन पनि संघले आग्रह गरेको छ । संघका अध्यक्ष वीर वहादुर रावत (विरु) र महासचिव रुप वहादुर खत्रीले एक विज्ञप्ती जारी गरी बजारमा दैनिक उपभोग्य सामाग्रिहरुको अभावहुन संघ सँधै सचेत रहेको समेत जनाएको छ । साथै कहिँ कतै व्यापारीहरुले सामानको कृतिम अभाव गरेको पाइएमा कडा कारवाहि गर्ने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बजारमै दैनिक उपभोग्य सामाग्रिहरुको अभाव हुने अवस्थामा प्रहरी प्रशासनको सहयोग लिएरै पनि विभिन्न भन्सार नाकाबाट सामान ल्याउन तुलसीपुर उद्योग वाणिज्य संघले समन्वय गरीसकेको पनि विज्ञप्तीमा जनाइएको छ ।

त्यसैगरी विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड—१९को संक्रमणबाट जोगिन आम व्यवसायीहरुलाइ बजार सरसफाइ र व्यक्तिगत सरसफाइमा पनि विशेष ध्यान दिन विज्ञप्तीमा आग्रह गरिएको छ । यदि कुनै व्यवसायीलाइ भवितव्य रुपमा कुनैपनि समस्या भए तुलसीपुर उद्योग वाणिज्य संघले यस अघि र यस पटक सम्पन्न भएको मेलामा बचेको रकमबाट सुरु भएको राहत कोषबाट सहयोग गरीने पनि विज्ञप्तीमा जनाइएको छ ।

त्यसैगरी संघले कोरोना भाइरसका संक्रमितको पहिचान गर्न आवस्यक पर्ने उपचार सामाग्रिहरु तथा भौतिक संरचना निर्माणकालागी पनि स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारको ध्यानाकर्षण समेत विज्ञप्ती मार्फत गराएको छ ।