२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

काठमाण्डौंका यात्रुहरु धमाधम दाङ ल्याइँदै

शरद रेग्मी,
तुलसीपुर ८ चैत ।
कोरोनाको सम्भावित महामारीलाइ लक्षित गरी एसईई परीक्षा लगायत विभिन्न विद्यालय र विश्वविद्यालय माताहतका क्याम्पसहरुमा समेत पढाइ स्थगित भएपछि काठमाण्डौंबाट धमाधम यात्रुहरु दाङ ल्याइँदै छन् ।

यो चार दिनको बीचमा दैनिक ६ सय यात्रुहरु दाङ ल्याइएको त्रिसिद्धेश्वरी राप्ती प्रालिका कार्यवाहक अध्यक्ष पुस्कर धितालले बताउनुभएको छ । ‘दैनिक जसो हाम्रो प्रालिका ११ वटा ठुला बसहरु यात्रुहरु लिन काठमाण्डौं गैइरहेका छन्, संभवतः भोलि साँझको रात्री सेवामा दाङ आउन चाहने सवै यात्रुहरुलाइ दाङ ल्याइसकिने छ’—कार्यवाहक अध्यक्ष धितालले भन्नुभयो, बस नपुगे भोलि थप बस पठाइने छ ।

उहांले भारतमा भने संभावित संक्रमणलाइ ध्यानमा राखी यातायात सेवा केहि समयकालागी बन्द गरिएको बताउनुभयो । त्यसैगरी अम्विकेश्वरी राप्ती यातायात सेवा प्रालि, चन्द्रसुर्य यातायात, नमस्ते राप्ती यातायात, सहारा यातायात प्रालि, राप्ती सेवा प्रालि तथा तुलसीपुर यातायात सेवा प्रालिले समेत धमाधम यात्रुहरु राजधानीबाट दाङ ल्याइरहेका छन् । यसबीचमा कम्तिमा ५ हजार भन्दा बढी राजधानीका विभिन्न शैक्षिक संस्थाहरुमा अध्ययन गर्ने विद्यार्थिहरु घर फर्केका छन् ।