२०७९ फाल्गुन ३० गते मङ्गलवार
२०७९ फाल्गुन ३० गते मङ्गलवार

अपाङ्गता सशक्तिकरणका कार्यक्रम स्थगित

रगैंजा,
८ चैत ।
अपाङ्गता शसक्तिकरण केन्द्र नेपालले पूर्व निर्धारित सम्पुर्ण कार्यक्रमहरू स्थगित गरेको जनाएको छ ।

विश्वभर कोरोना भाइरसले त्रास फैलाएको अवस्थामा देशको विशम परिस्थिलाई मध्यनगर गर्दै अर्को सुचना नहुँदा सम्म पूर्व निर्धारित सम्पूर्ण कार्यहरू स्थगित गरिएको केन्दकी अध्यक्ष रजनी शाहले जानकारी दिएकी छन्।

कोरोना भाइरसबाट विभिन्न सावधानी अपनाउन अध्यक्ष शाहले अपाङ्गता भएका व्यक्ति तथा सम्पूर्णमा आग्रह गरेकी छन्।