२०७९ फाल्गुन ३० गते मङ्गलवार
२०७९ फाल्गुन ३० गते मङ्गलवार

भोलिदेखि बाँकेका पसल व्यवसाय बन्द हुने

बाँके,
८ चैत ।
कोरोनाको बढ्दो संक्रमण रोक्न बाँकेमा भोलिदेखि खाद्यान्न, औषधि लगायत अत्यावश्यक बाहेकका सम्पूर्ण पसल व्यवसाय बन्द गरिने भएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा आज बसेको कोरोना पूर्व तयारीका लागि गठित जिल्ला स्तरीय टास्कफोर्सको वैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै भोलिसम्म लायन्स डेण्टल अस्पतालमा आइसोलेसन स्थापना गर्ने, वडास्तरमा क्वारेन्टाइनका लागि स्थानीय तहलाई अनुरोध गर्ने, सेल्फ आइसोलेसनका लागि आम नागरिकमा आव्हान गर्ने, कोरोना विरुद्ध राज्यले गरेको निर्णय कार्यान्वयनका लागि कडाईका साथ प्रस्तुत हुने लगायतका निर्णय गरिएको छ ।