दाङ,
८ चैत । राप्ती सोनारी गाउँपालिका–१ बाँके गाभरकी उमा मौर्यले ८ वर्षीया छोरी कुशल मौर्यको उपचारमा आर्थिक सहयोगका लागि अपील गरेकी छिन् ।
आज शनिवार घोराहीमा पत्रकार सम्मेलन गरेर मौर्यले छोरामा बोनम्यारोको समस्या रहेको र अहिले प्रत्येक हप्ता रगत चढाएर बचाएको भन्दै बोनम्यारो प्रत्यारोपणका लागि आर्थिक सहयोगको अपील गर्नुभएको हो । आफुसंग भएको रकम सकिएको भन्दै मौर्यले बोनम्यारो प्रत्यारोपणका लागि लाग्ने खर्च सहयोगका लागि सवैसंग आग्रह गर्नुभएको हो ।
१३ वर्षअघि बहुविवाह गरेर पति मेघराजप्रसाद मौर्य तुलसीपुर आएको र कुनै पनि सहयोग नगरेको बताउदै उहाँले छोराको उपचारका लागि सहयोग माग्दा उल्टै कुटपिट गरेको समेत उमाले दुखेसो पोख्नुभयो । छोराको वोनम्यारो प्रत्यारोपणका लागि झण्डै २५ लाख लाग्ने चिकित्सकले बताएको भन्दै दाताहरुलाई सक्दो आर्थिक सहयोग गरेर छोराको जीवन बचाइदिन आग्रह गर्नुभएको छ ।
उहाँलाई आर्थिक सहयोग गर्न फोन नं. ९८७३३३२२४१ अथवा ग्लोवल आइएमई बैंकको खाता नं. ०४०८०१०००२००२ मा रकम जम्मा गर्न सकिनेछ ।