२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

भारतमा जनता कर्फ्यू, अत्यावश्यक बाहेक सबै सेवा बन्द

काठमाडौं,
९ चैत ।
प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा आज आइतबार चलिरहेको जनता कर्फ्यूका कारण भारतमा अत्यावश्यक बाहेक सबै सेवा बन्द भएका छन् ।

प्रहरी, सञ्चार माध्यमका अधिकारीहरु, चिकित्सक र सरसफाइका व्यक्तिबाहेक अरुलाई सामान्य अवस्थामा घर नछाड्न भनिएको छ । यो राज्यको तर्फबाट लगाइएको कर्फ्यू नभएकाले अत्यावश्यक काम परेर बाहिर निस्कनेहरुलाई प्रहरीले कुनै कारबाही गर्न लागेको छैन । यो नागरिकको तवरबाट भएको कर्फ्यू भएकाले आवश्यक काम परेमा निर्बाध रुपमा बाहिर निस्कन सकिने प्रहरीले जनाएको छ ।

बिहीबार प्रधानमन्त्री मोदीले राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा बिदाको दिन पारेर २२ मार्च अर्थात् आइतबारको लागि जनता कर्फ्यूको घोषणा गरेका थिए । विशेष परिस्थितिमा राज्यले लगाउने कर्फ्यूभन्दा भिन्न यो कर्फ्यूका कारण ३६ घण्टासम्म कोही पनि बाहिर ननिस्कँदा कोरोना भाइरसको महामारी कम हुने उद्देश्यसहित यस्तो प्रस्ताव गरिएको मोदीले सम्बोधनको क्रममा बताएका थिए ।