२०७७ माघ ४ गते आइतवार
२०७७ माघ ४ गते आइतवार

तुलसीपुर उपमहानगरद्धारा टोल फ्रि नम्बर सञ्चालन

तुलसीपुर,
९ चैत ।
विश्वभरी नै महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) बाट बच्न दाङको तुलसीपुर उपमहानगरले पनि विभिन्न कार्यहरु गर्दै उच्च सतर्कता अपनाएको छ ।

यसै क्रममा उपमहानगरपालिकाले संक्रमणको आशंका भएकाहरुको तत्काल उद्दारका साथै अन्य आपतकालिन सेवाका लागि पैसा नलाग्ने टोल फ्रि नम्वर सञ्चालनमा ल्याएको छ ।

टोल फ्रि नम्बर १६६०८२५२००० सञ्चालन गरेको उपमहानगरले कोरोनाको संक्रमणको आशंका भएकाहरुले उक्त नम्बरमा सम्पर्क गर्दा स्वास्थ्य महाशाखाको टोलीले तत्काल आवश्यक सहयोग गर्ने जानकारी दिएको छ ।