२०७८ साउन ११ गते सोमवार
२०७८ साउन ११ गते सोमवार

बहराइनमा ३ नेपालीमा कोरोना सङक्रमण पुष्टि

काठमाण्डौं,
९ चैत ।
बहराइनमा तीन जना नेपाली श्रमिकमा कोरोनाको सङ्क्रमण देखिएको छ । कोरोनाको शंका लागेका ६ जना श्रमिकमा गरिएको परीक्षणमा तीन जनामा पोजेटिभ देखिएको नेपाली दूतावासकी उपनियोग प्रमुख तथा द्वितीय सचिव अरुना घिसिङले उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार अरु तीन जनामा नेभेटिभ देखिए पनि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । अहिलेसम्म बहराइनको स्वास्थ्य मन्त्रालयका अनुसार अहिले ३१० जनामा कोरोनाको सङक्रमण भएको छ । त्यसमध्ये १२५ जना निको भएका छन् भने १८४ जनाको उपचार भइरहेको छ । एक जनाको ज्यान गइसकेको छ ।