२०७७ माघ ७ गते बुधवार
२०७७ माघ ७ गते बुधवार

पच्चीस जनाभन्दा धेरै जम्मा भए कारबाही गरिने

काठमाण्डौं,
१० चैत ।
सरकारले कोरोना भाइरसको जोखिम उच्च रहेकाले २५ जनाभन्दा धेरैलाई समूहमा नबस्न र सामाजिक तथा धार्मिक कार्य नगर्न आग्रह गरेको छ ।

यो महिना व्रतबन्ध लगायत धार्मिक र सामाजिक काम गर्न लागे त्यसलाई तत्काललाई रोक्न पनि सरकारले आग्रह गरेको छ । २५ जनाभन्दा माथि हुनेगरी धार्मिक वा सामाजिक कार्य गरे कारबाही हुने गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले परिस्थिति हेरी अरु निर्णय गर्ने पनि जनाएको छ ।