२०७८ भाद्र १६ गते बुधवार
२०७८ भाद्र १६ गते बुधवार

दाङमा अत्यावश्यक बाहेक सबै नियमित सेवा बन्द

दाङ,
९ चैत्र ।
देशभरिका सरकारी कार्यालयमा अत्यावश्यक बाहेकका नियमित सेवा आजबाट बन्द भएका छन् । जिल्ला र प्रदेशस्थित सरकारी कार्यालयले नियमित सेवा आजबाट चैत्त २१ गतेसम्मका लागि सेवा बन्द गर्ने जनाएको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय दाङले पनि सूचना जारी गर्दै जिल्लामा रहेका सरकारी कार्यालयहरुमा अत्यावश्यक बाहेकको सेवाहरु चैत्र २१ गतेसम्मकालागि बन्द गरिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले सूचना जारी गर्दै नेपाल सरकारका सार्वजनिक निकायबाट प्रवाह गरिने सार्वजनिक सेवाहरुमध्य अत्यावश्यक वाहेक अन्य बन्द हुने जानाउनुभएको छ ।

साथै सूचनामा कोरोना भाइरसको संक्रमण फैलन नदिन अत्यावश्यक काम बाहेक हिडडुल नगर्न, मन्दिर, मस्जित, चर्च जस्ता धार्मीक एवम् पार्टी प्यालेसमा २५ जना भन्दा बढी भेला नहुन अनुरोध गरिएको छ ।

सूचना :