२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

शंकर गिरीले प्रदेशसभा सदस्यको शपथ लिए

बुटवल,
९ चैत ।
प्रदेश ५ को प्रदेशसभामा विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको निधनपछि रिक्त पदमा निर्वाचित प्रदेशसभा सदस्य शंकर गिरीले आज आइतबार शपथ लिएका छन् ।

संसद सचिवालयमा सभामुख पूर्णबहादुर घर्तीले गिरीलाई शपथ खुवाएका हुन् । शपथ ग्रहणसँगै सभामुखले प्रदेशसभाको लोगोसहितको व्याच गिरीलाई लगाइदिएका छन् । शपथग्रहणपछि अब गिरीले प्रदेशसभा बैठकमा प्रवेश गर्न पाउनेछन् । शपथ ग्रहणमा आन्तरिक मामिला तथा कानूनमन्त्री कूलप्रसाद केसी, सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी र संसदीय समितिका सभापतिहरुको उपस्थिति थियो ।

शपथग्रहणपछि बोल्दै सांसद गिरीले आफूले निष्ठाको राजनीति गरेको हुँदा पार्टीले न्याय गरेको बताए । गत माघ ५ गते ८२ वर्षको उमेरमा विपक्षी दलका नेतासमेत रहेका पोखरेलको फोक्सोको क्यान्सरबाट निधन भएपछि प्रदेशसभामा समानुपातिकतर्फ एक सदस्य पद रिक्त भएको थियो । सोही पदमा नेपाली कांग्रेसको सिफारिसमा निवार्चन आयोगको गत चैत २ गते बसेको बैठकले गिरी निर्वाचित भएको घोषणा गरेको थियोे ।