२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

कर्मचारी र व्यवसायीहरुलाई मास्क वितरण

तुलसीपुर,
९ चैत ।
कोरोना भाइरसको संक्रमणबाट बच्न तथा त्यसको रोकथामका लागि तुलसीपुर यातायात प्रालिले मास्क वितरण गरेको छ ।

समितिले आफ्ना माताहतका कर्मचारी र व्यवसायीहरुलाई मास्क वितरण गरेको प्रालिका अध्यक्ष पवनराज बुढाथोकीले जानकारी दिएका छन् । प्रालिले कार्यालय, काउन्टरमा काम गर्ने कर्मचारी, र प्रालि अन्तर्गतका चालक, सहचालक र व्यवसायीहरुलाई मास्क वितरण गरिएको हो । साथैप्रालिले कोरोना भाइरसको विश्वव्यापी त्रास फैलीएको समयमा सवैलाई सजकता अपनाउन पनि आग्रह गरेको छ । अनिवार्यरुपले मास्क प्रयोेग गर्ने, भिडभाडमा धेरै जम्मा नहुने र सावुनपानीले हात धुनुका साथै कोरोना भाइरसबाट आफुपनि बच्ने र अरुलाई पनि बचाउन सतर्कता अपनाउन संम्वन्धीत सवैलाई आग्रह समेत गरिएको सचिव निमकुमार श्रेष्ठले जानकारी दिए ।

त्यसैगरि काठमाडौंमा यात्रुहरु धेरै भएकाले दाङबाट गाडीहरु सवै काठमाडौका लागि पठाएको अध्यक्ष बुढाथोकीले बताए ।

त्यसैविच दाङ टेक्टर ढुवानी यातायात प्रालिले पनि व्यवसायीहरुलाई मास्क वितरण गरिरहेको जनाएको छ । प्रालिले कोरोना भाइरसको संक्रमणबाट बच्न तथा त्यसको रोकथामका लागि अनिवार्य मास्क प्रयोग गर्न समेत अध्यक्ष चिन्तामणि आचार्यले जानकारी दिए ।

उनले कार्यालयमा आएर सवैले मास्क लियर प्रयोग गर्न समेत आग्रह गरेका छन् । त्यस्तै मास्क प्रयोग गर्ने, सावुन पानीले नियमीत हात धुनुका साथै भिडभाडमा धेरै नजान यातायात प्रालिहरुले सवैलाई आग्रह गरेका छन् ।