२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

तुलसीपुर उबा संघको नयाँ सभाहलमा क्वारेण्टाईन स्थापना गरीने

शरद रेग्मी,
तुलसीपुर ९ चैत ।
बिश्वभरिनै महामारीका रुपमा फैलिएको कोभिड १९ को संक्रमणको समयमा बजारमा कालोबजारी र दैनिक उपभोग्य सामाग्रिहरुको अभाब हुन नदिन तुलसीपुर उधोग बाणिज्य सघं आँफै एक्सनमा उत्रिएको छ ।

यति मात्रै हैन सरकारी निकायबाट एक रुपैयाँ पनि आर्थिक सहयोग प्राप्त नगरेको निर्माणाधिन बहुआयामिक सभाहल आबश्यक परेको खण्डमा क्वारेण्टाईन स्थापना गर्न दिने समेत निर्णय भएको छ । संघले स्थानिय सरकार सगंको सहकार्यमा आबश्यक पर्ने उपकरण प्राप्त भए स्थानका लागि सभाहल प्रदान गर्न तयार रहेको समेत जनाएको छ ।

तुलसिपुर उधोग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावतको अध्यक्षतामा बसेको आकस्मिक बैठकले कोरोनासँग जुध्न सतर्कता अपनाउने देखि एक लाख बढिको राहत कोष स्थापना गर्ने सम्मको निर्णय गरेको छ ।