२०८२ बैशाख १३ गते शनिवार
२०८२ बैशाख १३ गते शनिवार

पोखराबाट नेपालगन्ज जाँदै गरेको बस दुर्घटना, ३ को मृत्यु

गोरखा,
९ चैत । पृथ्वीराजमार्गअन्तरगत पर्ने आँबुखैरेनीको ऐनापहराबाट मस्र्याङ्दीमा बस खस्दा तीन जनाको मृत्य भएको छ भने १२ जना घाइते भएका छन्। आइतबार साँझ साढे ६ बजे बस दुर्घटना भएको हो। 

पोखराबाट नेपालगन्ज जाँदै गरेको ना ५ ख ४२९४ नम्बरको बस सडकबाट करिब एक सय मिटर तल खसेको ट्राफिक प्रहरी चौकी आँबुखैरेनीका प्रमुख रामकृष्ण गौलीले बताए। हालसम्म तीन जनाको शव भेटिए पनि मृतक कसैको पनि सनाखत नभएको गौलीले बताए। पानी परिरहेकाले हाल उद्धार कार्यमा कठिनाइ भइरहेकाे प्रहरीले जनाएकाे छ। घटनाबारे थप विवरण जानकारी आउन बाँकी छ।