२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

ओसिसद्वारा शिक्षक र विद्यार्थीलाई मास्क वितरण

तुलसीपुर,
१० चैत ।
दाङको तुलसीपुर स्थित ओसिस एजुकेसनल कन्सल्टेन्सी प्रालिले मास्क वितरण गरेको छ । आईतवार एक कार्यक्रमकाबीच अध्यनरत विद्यार्थी तथा शिक्षकलाई मास्क वितरण गरिएको कन्सल्टेन्सीका सञ्चालक विमल भण्डारीले बताए ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम भएकोले मास्क वितरण गरिएको उनले बताए । कन्सल्टेन्सिमा अध्यनरत करिब ७५ जना विद्यार्थी तथा शिक्षकलाई मास्क वितरण गरिएको छ।

साथै सरकारको निर्णय अनुसार आजदेखी सम्पुर्ण पठनपाठन बन्द गरिएको पनि भण्डारीले बताए ।