२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

शान्तिनगरमा आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

शान्तिनगर,
१० चैत्र ।
कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न भन्दै दाङको शान्तिनगर गाउँपालिकाले पनि आज चैत १० गतेदेखि आगामी चैत्र २१ गते सम्म अत्यावश्यक वाहेकका सम्पूर्ण सेवाहरु बन्द गरेको छ । गाउँपालिकाले आइतबार एक सुचना निकालेर संघीय सरकारको निर्णय बमोजिम आजदेखि चैत्र २१ गते सम्म अत्यावश्यक वाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको जनाएको हो ।

गाउँपालिका प्रशासकयि अधिकृत नर बहादुर विकले सुचना जारी गर्दै गाउँपालिका अन्तर्गतका कार्यालय, शाखा, फाँट, ईकाईबाट अत्यावश्यक सेवा वाहेकका अन्य सेवाहरु बन्द गरिएको जनाएका छन् । गाउँपालिकाले सुचना मार्फत कोरोना संक्रमणबाट बच्न सतर्कताको विभिन्न प्रयासहरु समेत गरेको पनि जानकारी गराएको छ ।

सुचना :