२०८२ असार १ गते आइतवार
२०८२ असार १ गते आइतवार

लमहीमा स्कुटी दुर्घटना हुँदा एकको मृत्यु

लमही,
१० चैत ।
दाङमा स्कुटी दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

घोराही देखि लमही तर्फ जाँदै गरेको रा ३ प ५४३० नम्बरको स्कुटी लमहीको बेल्दमारमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर निवासी ३६ बर्षिय अमित सिंह धामी रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

गम्भीर अवस्थामा रहेका धामीलाई लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।