२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

पर्चा पम्पलेट र ब्यानरद्धारा सचेतना


रगैंजा,
१० चैत ।
शान्तिनगर गाउँपालिका ५ नं वडा कार्यालयले विश्वभर महामारीको रूपमा फैलिएको कारोना भाइसबाट बच्न उच्च सतर्कता अपानाएको छ ।

केहि दिन अघि देखि वडामा ३२ सय निःशुल्क मास्क वितरण गरेको आएको वडाले थप सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ । वडा भित्रका ७ सय घरधुरीका प्रत्येक घर घरमा कोरोना भाइरस सम्वन्धि सचेतनामुलक पर्चा पम्पलेट र टोल टोल व्यानर टाँस्ने कार्य सुरू गरीएको शान्तिनगर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष गिरीराज वस्नेतले जानकारी दिनुभयो ।

आज देखि वडा सदस्य, कर्मचारी, वडा भित्र सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, स्वयम सेवक, टोल टोलका समुहलाई कोरोना भाइरस सम्वन्धि सचेतनामा खटाइएको वडाअध्यक्ष बस्नेतले बताउनुभयो । ५ नं वडाका जनतालाई कोरोना भाईरसबाट बच्न उच्च सतर्कता अपनाउन कुनै कसुर बाँकि नराख्ने उहाँले बताउनु भयो । साबुन पानिले हात धोऔं मास्क प्रयोग गरौं, कारोना भाइरसबाट आफू पनि बचौँ र अरूलाई पनि बचाऔं भन्ने मुल नाराका साथ वडा कार्यालय अगाडी बढेको छ ।