२०७९ फाल्गुन २६ गते शुक्रवार
२०७९ फाल्गुन २६ गते शुक्रवार

आजदेखि २१ गतेसम्म तुलसीपुरका व्यापार व्यवसाय बन्द हुने

तुलसीपुर,
१० चैत ।
तुलसीपुर उद्योग बाणिज्य संघले आज चैत १० गतेदेखि चैत २१ गतेसम्मलाई तुलसीपुर बजार क्षेत्रका सम्पुर्ण व्यापार व्यवसाय बन्द गर्ने निर्णय गरेको छ ।

आज बसेको उद्योग बाणिज्य संघको बैठकले विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलन नदिन अत्यावश्यक बाहेकका सबै व्यापार, व्यवसाय, बजार, कलकारखाना, उद्योग बन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तै स्थानिय प्रसासनको समन्वयमा जिल्लामा सबै यातायात समेत बन्द गर्ने निर्णय भएको छ ।