देउखुरी,
१० चैत । दाङमा बसको ठक्करवाट एक मोटरसाईकल चालकको मृत्यु भएको छ । दुर्घटनामा परी बसमा सवार ८ जना यात्रु सामान्य घाइते भएका छन् ।
मृत्यु हुनेमा वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाका अनुसार रोल्पाको गंगादेव गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेश पुन रहेका छन् । उनको घर रुकुम त्रिबेणी गाउँपालिका २ खारा रहेको प्रहरीले बताएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तगरगत जिल्लाको गढवा गाउँपालिका वडा नं. १ जुरेनीमा आज सोमवार विहान १० बजेर ५५ मिनेटमा काठमान्डौंवाट दाङ तर्फ आउँदै गरेको बा ६ ख ३९६७ नम्वरको बसले रा १ ब ८१८ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।