२०७७ फाल्गुन २३ गते आइतवार
२०७७ फाल्गुन २३ गते आइतवार

सांसद गिरीको जनहितमा काम गर्ने प्रतिबद्धता

तुलसीपुर,
१० चैत ।
प्रदेश सांसदमा सपथ लिएपछि शंकर गिरीले सोमवार तुलसीपुरस्थित बीपीको शालिकमा माल्यार्पन गरेका छन् ।

आफ्ना समर्थकका साथमा सोमवार उनले वीपीको शालिकमा माल्यार्पन गरेका हुन । बीपीको शालिकमा माल्यार्पन गर्दै गिरीले जनहितमा काम गर्ने प्रतिबद्धता गरेका छन् ।

नेपाली काँग्रेस दाङका नेता गिरीले आइतवार मात्रै प्रदेश सांसदको सपथ लिएका थिए । माल्यार्पन पछि प्रदेश सांसद गिरीले बीपीको निष्ठा र आदर्शको राजनीति जीवन्त राख्न प्रयास गर्ने बताए । त्यस्तै उनले यतिबेला देश कोरोना भाइरसका कारण महासंकटको घडीमा रहेको हुँदा सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

प्रदेश नं. ५ का जेष्ट सांसद बलदेव शर्मा पोखरेलको निधनपछि रिक्त रहेको पदमा नेपाली काँग्रेसले गिरीलाई प्रदेश सांसद बनाएको हो ।