२०८२ बैशाख १३ गते शनिवार
२०८२ बैशाख १३ गते शनिवार

सतर्कता अपनाउन सरसफाई

शान्तिनगर,
१० चैत ।
धनाैरी स्वास्थ्य चाैकीले विश्वभरी फैलिएकाे काेराेना भाइरसबाट उच्च सतर्कता अपनाउन धनाैरी स्वास्थ्य चाैकी पुर्व तयारी सुरू गरेको छ ।

शान्तिनगर गाउँपालिका वडा न. ६ स्थित धनाैरी स्वास्थ्य चाैकीकाे नवनिर्मित भवनमा पूर्व तयारी सुरू गरिएकाे छ । पूर्व तयारी स्वरूप आज नवनिर्मित भवन सरसफाई गरिएकाे वडा अध्यक्ष रवि बुढाथाेकीले जानकारी दिएका छन । सम्भावित काेराेना भाइरसका विरामीलाई सुरक्षित राख्नका आज नवनिर्मित भवनकाे परिसर सरसफाई गरिएकाे हाे ।

स्वास्थ्य चाैकीका अध्यक्ष समेत रहेका वडा अध्यक्ष बुढाथाेकीका अनुसार संम्भावित काेराेना भाइरसका विरामीलाई स्वास्थ्य चाैकीसम्म ल्याउन नि:शुल्क एम्बुलेन्स व्यवस्था गरिएकाे छ । काेराेना भाइरसबाट बच्न सफासँग साबुन पानिले हात धुन र नियमित मास्क प्रयाेग गर्न पनि वडा अध्यक्ष बुढाथाेकीले आग्रह गरेका छन ।