२०७८ बैशाख १० गते शुक्रवार
२०७८ बैशाख १० गते शुक्रवार

हात धुन बजारमा साबुन पानीको व्यवस्था

दाङ,
१० चैत ।
कारोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि दाङ जिल्ला उद्योग वाणिज्य संघले घोराही वजारका विभिन्न स्थानमा हात धुने व्यवस्था गरेको छ ।

संघले घोराहीका मुख्य चोकहरुमा साबुन पानीको व्यवस्था मिलाएको संघले जनाएको छ । मानिसहरुको बढी आवतजावत हुने स्थानमा यस्तो व्यवस्था गर्ने थालिएको हो । सावुन पानीले समय समयमा हात धुँदा सङक्रमण वाट वञ्चनका लागि सहयोग पुग्ने अपेक्षा लिइएको छ । संघले मिलाएको हात धुने व्यवस्थाको सदुपयोग गर्न संघले आग्रह गरेको छ ।

सोमवार घोराहीको मेनरोडको रेडियो स्वर्गद्धारी नजिकै, शहिद गेट, तुलसीपुर चोकमा पानीको धारा सहित हेन्ड वास राखिएको संघका सदस्य पिताम्वर शर्माले जानकारी दिए ।