२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

बाँकेमा भोलिदेखि ‘जनता कर्फ्यु’ लागु

बाँके,
१० चैत ।
बाँकेमा भोलिदेखी ‘जनता कर्फ्यु’ लागु गरिने भएको छ । जिल्ला प्रसासन कार्यालय बाँकेले एक सुचना जारी ‘जनता कर्फ्यु’ लागु गर्ने जानकारी दिएको छ ।

अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन प्रशासनले जनतालाई आग्रह गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले कसैलाई घरबाहिर ननिस्कन आग्रह गर्दा पनि अटेर गरेर भिडभाड गरेको र जसले कोरोना भाइरसको जोखिम बढाएको महसुस गर्दे ‘जनता कर्फ्यु’ लागु गर्न लागिएको जानकारी दिए ।

भारत बाट सोमबार नै पाँच सय बढिको संख्यामा नेपालीहरु नेपाल भित्रिएसगै राखिएको क्वारेन्टाइनमा पनि नबसी भागेकाले पनि कोरोना भाइरस भित्रिने जोखिम बढेकाले उक्त निर्णय लिन परेको प्रमुख जिल्ला अधिकारी खड्काले बताए । अत्यावश्यक १९ वटा सेवा बाहेक अरु बन्द गर्ने सिडिओ खड्काले बताएका छन ।

प्रशासनले निर्णय गरेसँगै स्थानिय तहहरुले पालिकाहरुमा यसको जानकारी दिन माइकिङ्ग समेत गरीरहेका छन ।