शान्तिनगर,
१० चैत । दाङ जिल्ला उद्याेग बाणिज्य संघ शान्तिनगर शाखाले सम्भावित काेराेना भाइरसकाे राेकथामका लागि अत्यावश्यक बाहेक सबै व्यवसाय बन्द गर्न आग्रह गरेकाे छ ।
संघका अध्यक्ष ज्ञानेन्द्रराज शर्माले सोमवार एक प्रेस विज्ञप्ती जारी गर्दै सोमवार (चैत १० गते) देखि अर्काे सूचना जारी नहुँदा सम्म शान्तिनगर गाउँपालिका भित्रका सबै व्यवसाय बन्द गर्न आग्रह गरेका हुन् । संघले दैनिक उपभोग्य बस्तु, औषधि पसल, एल.पि.जी.ग्याँस, खानेपानी, पेट्रोलियम पदार्थका उद्योग, होटल लगायतका अत्यावश्यक पसलहरु वाहेक अन्य सबै उद्योग धन्दा, व्यवसाय बन्द गरेर सरकारले कोरानो भाइरस बाट वच्नका लागि अपनाएको पूर्व सतर्कतामा सहयोग गरीदिन सबै व्यवसायीहरुलाई आग्रह गरेको हो । साथै विज्ञप्तीमा अत्यावश्यक काम वाहेक अन्य समयमा घर बाट वाहिर ननिस्कन पनि आग्रह गरेको छ ।
यस्तै बबई चेम्वर अफ कमर्सले पनि अत्यावश्यक व्यवसाय बाहेक अन्य व्यवसाय बन्द गर्न आग्रह गरेकाे छ । बबई चेम्वर अफ कमर्सका अध्यक्ष युवराज कँडेलले प्रेस विज्ञप्ती जारी गरेर अत्यावश्यक व्यवसाय बाहेक अन्य व्यवसाय बन्द गरी सम्भावित काेराेना भाइरस राेकथाम अभियानमा सहयाेग गर्न आग्रह गरेका छन ।