२०८२ असार १ गते आइतवार
२०८२ असार १ गते आइतवार

कोरोना कोषलाई कांग्रेसको ५० लाख सहयोग

काठमाडौं,
११ चैत
। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले घोषणा  गरेको कोरोना कोषलाई ५० लाख रुपैयाँ दिने भएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै भनेका छन्,‘कोरोना भाइरसको जोखिम सामना गर्न नेपाल सरकारले निर्माण गरेको कोषमा नेपाली कांग्रेस पार्टीका तर्फबाट एकमुष्ट ५० लाख जम्मा गर्ने निर्णय भएको सबैलाई जानकारी गराउँदछु।’

कांग्रेसका सांसदहरूले १५ दिनको पारिश्रमिक दिने भएका छन्।कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले मंगलबार विज्ञप्ति निकालेर पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको उल्लेख गरेका छन्।