२०७७ कार्तिक १२ गते बुधवार
२०७७ कार्तिक १२ गते बुधवार

लकडाउन उल्लङ्घन गरेका ३५० मोटरसाईकल नियन्त्रणमा

दाङ,
११ चैत ।
सरकारले लकडाउन घोषणा गरेको पहिलो दिन दाङका सबै बजार, कलकारखाना र यातायात ठप्प रहेका छन । नागरिकहरु घरमै बसेर सुरक्षित भएको महसुस गरिरहेका छन्, भने केहि अटेरी गरेर घर बाहिर निस्केका छन ।

अटेरी गरेर सडकमा हिँडिरहेका नागरिकहरुलाई प्रहरीले सम्झाउँदै घर फर्काउँदै गरेको छ । अति आबश्यक काम बाहेक बजारमा हिँडडुल गर्न निस्किएका करिब ३ सय मोटरसाईकल समेत दाङ प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीले चोकचोकमा हिँडडुल गरिरहेका लाई सम्झाउँदै घरबाहिर ननिस्कन पुनःअपिल गरेको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरिक्षक हरिहर योगी र जिल्ला ट्राफिक प्रमुख प्रेम प्रसाद रेग्मी सहितको टोलि दिनभर सर्बसाधारणहरुलाई घर बाहिर ननिस्कन भन्दै खबरदारी गरिरहेका थिए । यता जिल्ला प्रशासन कार्यालय दाङले अति आबश्यक बाहेक किनमेल गर्नुपरेमा बिहान ६ देखि ९ बजेको समय निर्धारण गरेको छ । लकडाउन उलङ्घन गरेमा ६ महिनासम्म कैद र रु ६०० सम्म जरिवाना वा दुवै हुने व्यवस्था छ ।