२०७९ फाल्गुन ३० गते मङ्गलवार
२०७९ फाल्गुन ३० गते मङ्गलवार

कोरोना भाइरस सम्बन्धि सचेतनामुलक माइकिङ

शान्तिनगर,
११ चैत ।
शान्तिनगर गाउँपालिकाका विभिन्न वडामा विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न सचेतनामुलक माइकिङ सुरु गरिएको छ।

शान्तिनगरका ५, ६ र ७ नं वडाले साबुन पानिले सफासँग हात धोऔं, मास्क प्रयोग गरौँ, कोरोना भाइरसबाट आफु पनि बचौँ र अरूलाई पनि बचाऔं, घर बाहिर ननिस्कौँ जस्ता सचेतनामुलक माइकिङ गरेका छन । सचेतनामुलक माइकिङबाट आफ्नो वडाबासीहरूलाई सचेत पारेको ५ नं वडाका वडा अध्यक्ष गिरिराज बस्नेतले बताएका छन् ।

५ नं वडाको रगैंजा बजार पूर्णरूपमा बन्द गरी घरभित्र सुरक्षित साथ बस्न आग्रह गरिएको वडाअध्यक्ष बस्नेतले बताए । ६ नं वडाले पनि सचेतनामुलक माइकिङ वडाका विभिन्न टोलमा गरेको वडा अध्यक्ष रवि बुढाथोकीले बताएका छन् । ७ नं वडामा पनि विभिन्न टोलमा कोरोना भाइरस सम्वन्धी सचेतनामुलक माइकिङलाई तिब्रता दिइएको छ । विभिन्न सचेतनामुलक कार्यक्रम गरिरहेको वडाले छिमेकीमुलक भारतबाट आएका युवाहरूलाई सतर्कताका लागि घरमै बस्न आग्रह गरेको वडा अध्यक्ष बुढाथोकीले बताए ।

कोरोना भाइरस के हो, कोरोना भाइरसका लक्षण, कसरी सर्छ, यसबाट कसरी बच्न सकिन्छ लगायतका सन्देशमुलक माइकिङ गरेका वडाहरूले जानकारी दिएका छन् ।