२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

भोलिदेखि पैदलयात्रीलाई पनि प्रहरीले नियन्त्रणमा लिने

दाङ,
११ चैत।
प्रहरीले लक डाउनको दोस्रो दिन भोली बुधबारबाट सडकमा आउने पैदल यात्रीलाई पनि पक्रने बताएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले गरेको लकडाउन उल्लंघन गरी सडकमा आउने नगरिकलाई प्रकाउ गर्ने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । लकडाउनको पहिलो दिनआज जिल्लाका विभिन्न स्थान नागरिक सडक देखिएको भन्दै दोस्रो दिन पनि अटेरी गरी सडक आउने नागरिकलाई नियन्त्रणमा लिएर कानुन अनुसार कारवार्ही गरिने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिएका छन ।

कानुनी व्यवस्था अनुसार प्रहरीले लक डाउन उल्लंघन गर्ने नागरिकलाई १०० रुपैयाँ जरिवाना वा एक महिना कैद वा दुबै सजाय गर्न सक्छ । उनले कोरोना भाइरसको संभावित जोखिमबाट बच्नका लागि सरकारले गरेको लकडाउनलाई पालना गर्न समेत सवै नागरिकलाई आग्रह गरीएको छ ।

तेस्तै उनले लक डाउनको समयमा सवारीसाधन पनि नचलाउन आग्रह गरेका छन् । पहिले दिन ३५० सवारीसाधनलाई नियन्त्रणमा लिएर चालकहरुलाई पुन गल्ती नदोह्राउन सचेत गराएको भन्दै दोस्रो सवारीसाधन चलाउनेलाई कानुन अनुसार कारवार्ही गर्ने चेतावनी दिएका छन ।